एचडियु सेवा सञ्चालन भएपछि बिरामीलाई सहज नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले एचडियु सेवासहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएपछि कोरोना सङ्क्रमित बिरामीलाई सहज भएको छ। चिसापानीस्थित ढेंडारीफाँटमा कोरोना कहरकैबीचमा अस्पताल भवन बनाएर २० बेडको आइसोलेशन सञ्चालन गरिएको हो। सेन्टरमा अहिले गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको छ। यसअघि जिल्लामा एचडियु सेवा नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा जानुपर्ने बाध्यता रहेको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्