कोरोनाको खोप वितरणमा असमानता : डब्लुएचओ
एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले कोरोना खोपको असमान वितरणले गरिब राष्ट्रहरु मारमा परेको बताएका छन्। “विश्व खोप विभेदको जोखिममा छ। उच्च आय भएका मुलुकहरुको जनसंख्या विश्व जनसंख्याको करिब१५ प्रतिशत छ। तर विश्वमा उत्पादित खोपको झण्डै४५ प्रतिशत त्यहीँ छ। न्यून–मध्यम आय भएका मुलुकहरुमा विश्वको झण्डै आधा जनसंख्या छ, खोप भने१७ प्रतिशत मात्र उपलब्ध छ,” उनले भने।
प्रतिक्रिया दिनुहोस्