नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै, होम आइसोलेसनमा एक लाख ७ हजारभन्दा बढी
काठमाडौँ। नेपालमा आज पनि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १,१४,५२९ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार १,०७,०८२ होम आइसोलेसनमा र ७,४४७ संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ४७,८४४ होम आइसोलेसनमा र २,४६८ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज १,५९० जना आईसीयूमा र ३९० जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा ७५२ जना क्वारेन्टाइनमा छन्।
प्रतिक्रिया दिनुहोस्