स्वीजरल्यान्डको स्वास्थ्य सामग्री सहयोग शनिबार नेपाल आइपुग्ने
काठमाडौं। स्वीजरल्यान्ड सरकारले कोरोनाभाइरसविरुद्ध लड्न नेपाललाई दिने अक्सिजन कन्सन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन किट शनिबार नेपाल आइपुग्ने भएको छ। आज उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगको संवादमा नेपालका लागि स्वीजरल्यान्डका राजदूत एलिजाबेथ भन क्यापिलरले गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाजबाट उक्त सामग्री नेपाल पुग्ने बताएकी हुन्। स्वीजरल्यान्ड सरकारलाई यस सहयोगका लागि नेपालका तर्फबाट उपप्रधानमन्त्री पोखरेलले कृतज्ञता ज्ञापन गरेका छन्।
प्रतिक्रिया दिनुहोस्