भारतमा कोरोनाबाट एकैदिन सर्वाधिक मृत्युको रेकर्ड
एजेन्सी।भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन सर्वाधिक मृत्यु भएको छ। मंगलबार भारतमा एकै दिन ४ हजार ५२५ जनाको मृत्यु भएको छ।यसअघि सोमबार चार हजार ३४० जनाको मृत्यु भएको थियो। अमेरिका र ब्राजिलपछि सबैभन्दा बढीले ज्यान गुमाएको भारतमा हालसम्म २ लाख ८३ हजार २७६ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६७ हजार १७४ जना नयाँ संक्रमित थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्