धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु सुनसरी। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मोरङ बेलबारीकी ५६ वर्षीया महिला र सुन्दरहरैचाका ७२ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। सुन्दरहरैचा–१० का वृद्धमा वैशाख १० गते र बेलबारी ९ की महिलामा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। प्रतिष्ठानमा हालसम्म १६५ जना संक्रमितको मृत्यु भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्