गोरखाको बारपाक र जौबारीमा कोरोना संक्रमणको जोखिम
गोरखा।बारपाक सुलिकोट गाउँपालिकामा ७० जनामा गरिएको एन्टिजोन परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमा कोरोनाको सामान्य लक्षण पनि रहेको बताइएको छ। उनीहरु सबै अन्यत्रबाट आएका नभई स्थानीयबासी नै हुन्। यस्तै जौबारी गाउँपालिकामा ७६ जनाको एन्टिजेन परीक्षणमा २० जनामा संक्रमण देखिएको छ। माओवादी नेता नारायणकाजी श्रेष्ठसहितको स्वास्थ्यकर्मी र स्वयंसेवीको टोलीले मंगलबारदेखि गोरखाको विभिन्न गाउँमा परीक्षणको कार्य अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्