२–१८ वर्ष उमेरका बालबालिकामा खोपको परीक्षण हुने
एजेन्सी। भारतको नीति आयोगमा स्वास्थ्य मामिलाका सदस्य वीके पलले २–१८ वर्ष उमेर समूहका बालबालिका लागि कोभ्याक्सिनको नयाँ चरणको परीक्षण १०–१२ दिनमा सुरु गर्ने बताएका छन्। उनले ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले यसको स्वीकृति दिएको बताए। भारतमा हाल १८ वर्षभन्दा माथिको उमेरका नागरिकलाई मात्रै खोप लगाउने कार्य जारी छ।
प्रतिक्रिया दिनुहोस्