शववाहन छैन, डोजरमा राखेर शव व्यवस्थापन
तनहुँ। एउटा पनि शववाहन नभएपछि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या देखिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले शववाहनको खोजी सुरू गरेको छ। शववाहन नभएपछि देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ। देवघाट–५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पुर्याएका हुन्।
प्रतिक्रिया दिनुहोस्