म्याग्दीमा कोरोना सक्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार
काठमाडौं।नेपाल रेडक्रस सोसाइटीको पहलमा म्याग्दीमा मृत्यु भएका कोरोना संक्रमितको दाहसंस्कार निःशुल्क गर्न थालिएको छ।रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक सुरत केसी,आनन्द रिजाल,जनक सोनाम र केशर शेरपुञ्जाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन्। वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शवको दाहसंस्कार मृतकका आफन्तसँगको समन्वयमा उनीहरुले गर्दै आएका छन्। पीपीई लगायतका सामग्री रेडक्रसले व्यवस्थापन गरेको केसीले बताए।
प्रतिक्रिया दिनुहोस्