सिंगापुरलाई जयशंकरको जवाफ–केजरिवालको भनाई भारतको होइन एजेन्सी।भारतीय विदेशमन्त्री एस जयशंकरले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सिंगापुरका विषयमा दिएको अभिव्यक्तिको आलोचना गरेका छन्।केजरिवालले सिंगापुरमा कोरोनाको नयाँ भेरियन्ट आएको भन्दै त्यसलाई रोक्न केन्द्र सरकारले कडा नीति लिनुपर्ने ट्विट गरेका थिए।सिंगापुरले यस विषयमा कडा आपत्ति जनाउँदै भारतीय उच्चायुक्तलाई बोलाएर जवाफ मागेको थियो।जयशंकरले केजरिवाललाई भारतको उड्डयन नीतिबारे बोल्ने अधिकार नभएको भन्दै उनको भनाई भारतको आधिकारिक भनाइ नभएको जवाफ दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्