सेती अस्पतालमा उपचाररत तीनजना संक्रमितको मृत्यु
काठमाडौं। सेती प्रदेशिक अस्पतालमा पछिल्लो १२ घण्टामा तीन जनाको मृत्यु र १४७ जनामा कारोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए। धनगढी वडा नं. ३ की ४० वर्षीया महिला, कञ्चनपुर वडा नं. १८ का ७१ वर्षीय पुरुष र लालगढी गापाका ३० वर्षीय पुरुष गरी अहिलेसम्म तीन जनाले कोरोनाको कारण ज्यान गुमाएको श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस्