चालकले शववाहन चलाउन मानेनन्, वडाअध्यक्ष आफैंले चलाए गाडी
सर्लाही। कोरोनाका कारण मृत्यु भएकी एक महिलाको शव घाट लैजान शववाहन चालकले नमानेपछि वडाअध्यक्ष आफैंले सवारी चलाएर शव व्यवस्थापन गरेका छन्। हरिवन नगरपालिका–११ का वडाअध्यक्ष शेख महेबुब रेजा आफैंले शववाहन चलाई शव लगेका हुन्। “दाहसंस्कारका लागि लैजान चालकलाई भन्यौ। सबै तर्सिए।छुट्टै बस्ने व्यवस्था मिलाउने भन्दा पनि चालकले नमानेपछि गाडीको चाबी मागेर लगे’, अध्यक्ष रेजाले भने।
प्रतिक्रिया दिनुहोस्