उपप्रधानमन्त्री पोखरेलद्वारा गौशालामा ५१ शय्याको आइसोलेसन केन्द्रको शुभारम्भ
काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले गौशालामा निर्मित ५१ शय्याको निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन्। सो आइसोलेशन केन्द्र मारवाडी सेवा समितिले नेपाल–भारतमैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको हो। अक्सिजन सेवासहितको आइसोलेशन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको छ। उपप्रधानमन्त्री पोखरेलले आइसोलेशन केन्द्रलाई सीसीएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्