चिनियाँ रेडक्रस समाजले नेपाललाई स्वास्थ्य सामग्री पठायो काठमाडौं। चीनको रेडक्रस समाजले कोरोना महामारीविरुद्ध लड्न आज नेपाललाई स्वास्थ्य सामग्री पठाएको छ। कोरोना महामारीविरुद्ध लड्नका लागि क्षमता बढाउन ती स्वास्थ्य सामग्री पठाइएको रेडक्रस समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। समाजले ५ हजार पीपीई, १०० अक्सिजन कन्सन्ट्रेटर्स, एक लाख थान एन-९५ मास्क र २० लाख ५८ हजार सर्जिकल मास्क पठाएको जनाएको छ। यी सामग्री नेपाल रेडक्रस समाजलाई हस्तान्तरण गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्