आज काठमाडौं उपत्यकामा २,४८६ जनामा सङ्क्रमण
काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २,४८६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा सर्वाधिक थप १,९८८ जनामा, भक्तपुरमा थप २२८ जनामा र ललितपुरमा थप २७० जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ३०.४२ प्रतिशत हो।
प्रतिक्रिया दिनुहोस्