ललितपुरमा अक्सिजन सिलिन्डरको कालोबजारी : १५ हजार पर्ने अक्सिजन सिलिन्डर ४१ हजारमा बिक्री
ललितपुर। अक्सिजन सिलिन्डर बढी मूल्यमा बिक्री गरेको आरोपमा तीनजनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका-३ घर भएका रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएका नवराज खनाल र धादिङ गल्छी गाउँपालिका-२ घर भएका रामशरण अधिकारी रहेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्