सिङ्गापुर भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिङ्गापुरद्वारा चासो व्यक्त नयाँ दिल्ली। सिङ्गापुरले नयाँ प्रकारको कोभिड-१९ सङ्क्रमणलाई भारतले सिङ्गापुर भेरिएन्ट भनेकोमा बुधबार गम्भीर चासो व्यक्त गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार ट्वीट गरेर सिंगापुरमा पाइएको कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिकामा जोखिमपूर्ण रहेको भन्दै हवाइ सेवा बन्द गर्नुपर्ने बताएका थिए। सिंगापुरले केजरीवालको टिप्पणीप्रति चासो व्यक्त गरेको भारतको विदेश मन्त्रालयले बुधबार बताएको छ। (रासस/पीटीआई)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्