चीनमा अहिलेसम्म साढे ४३ करोडले कोभिड-१९ विरुद्धको खोप लगाए
बेइजिङ। चीनमा मंगलबारसम्म कोभिड-१९ विरुद्ध ४३ करोड ५० लाखभन्दा बढी खोप लगाइएको छ। राष्ट्रिय स्वास्थ्य आयोगअनुसार चीनको मुख्य भू-भागमा कोभिड-१९ संक्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई तीब्र बनाइएको छ। दैनिक खोप लगाउने दर यही मेमा झण्डै दोब्बर बनाइएको छ। यी दिनहरूमा दैनिक एक करोड २० लाखभन्दा बढी खोप लगाइएको छ। विश्वमै बढी खोप लगाउने मुलुकको रेकर्डसमेत चीनले बनाएको छ। (रासस–सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्