कोरोना संक्रमणबाट डीएसपी केसीको निधन काठमाडौं। कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको निधन भएको छ।उनको उपचारका क्रममा बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा निधन भएको हो। २ साताअघि संक्रमण पुष्टि भएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्थे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्