बाँकेमा कोरोना संक्रमणको कारण थप १० जनाको मृत्यु
बाँके। कोरोना संक्रमणको कारण गएराति बाँकेमा १० जनाको मृत्यु भएको कोरोना फोकलपर्सन तेज ओलीले बताए। बर्दियाका तीन जना पुरुष र एक महिला, बाँकेका दुई महिला दुई पुरुष, कैलाली र दाङका एक/एक पुरुष गरी दश जना कोरोना संक्रमितको मृत्यु भएको ओलीले बताए। जिल्लाभित्र कोरोनाको कारण २५६ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिर २१४ जनाको मृत्यु भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्