माओवादी अध्यक्षको नेतृत्वमा कोभिड-१९ नियन्त्रण एकाइ गठन
काठमाडौं। नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा कोभिड-१९ नियन्त्रण एकाइ बन्ने भएको छ। आज बसेको स्थायी कमिटी बैठकले केन्द्रमा चुस्त प्रकारको र यस्तो एकाइ स्थानीय तहसम्मै बनाउने निर्णय गरेको हो। इकाइमा रहने सदस्य सङ्ख्या र व्यक्तिका सम्बन्धमा भने अध्यक्ष प्रचण्डले नै सल्लाह गरेर तय गर्ने स्थायी समिटी सदस्य गणेश शाहले बताए।
प्रतिक्रिया दिनुहोस्