सीसीएमसीको औचित्य नभएको माओवादीको ठहर
काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारले गठन गरेको सीसीएमसीको कानूनविपरीत र औचित्य नभएको ठहर गरेको छ। यस्तै कोभिड-१९ नियन्त्रणका सम्बन्धमा भएको कमीकमजोरी र त्रुटिका विषय उल्लेख गरेर माओवादी केन्द्रले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ। आज बसेको स्थायी कमिटीको बैठकले ज्ञापन पत्र तयार गरी अध्यक्ष प्रचण्डको नेतृत्वमा प्रधानमन्त्रीलाई बुझाउन जाने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्