भारतका चर्चित धावक मिल्खा सिंहलाई कोरोना सङ्क्रमण एजेन्सी। भारतका धावक मिल्खा सिंह कोरोनाभाइरस सङ्क्रमित भएका छन्। अहिले उनी चण्डीगढस्थित आफ्नै निवासमा क्वारेन्टिनमा बसेका छन्। ‘फ्लाइङ सिख’को उपनामबाट चर्चित ९१ वर्षे मिल्खा सिंहमा कोभिड–१९ को कुनै पनि लक्षण देखिएको छैन। घरमा सहयोगीलाई सङ्क्रमण देखिएपछि परिवारमा सबै सदस्यको परीक्षण गर्दा मिल्खाको मात्र पोजेटिभ नतिजा आएको हो। उनले पाँच एसियन गेम्समा स्वर्ण पदक जितेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्