निम्बस कम्पनीद्वारा नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान काठमाडौं। निम्बस कम्पनी नेपालले नेपाल प्रहरीका कर्मचारीहरूका लागि पहिलो चरणमा विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ। प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त कम्पनीका प्रबन्ध निर्देशक आनन्दकुमार बगरियाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरूमा १ लाख थान सर्जिकल मास्क, १० हजार थान एन-९५ मास्क र ८० लिटर स्यानिटाइजर रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्