युरो २०२० खेल्ने बेल्जियम फुटबल टिमले लगायो कोभिड-१९ विरुद्धको खोप एजेन्सी। युरोपियन च्याम्पियनसिप खेल्ने बेल्जियम फुटबल टिमले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा छ। ११ जुनबाट हुने प्रतियोगिताका लागि बेल्जियमलाई दाबेदारका रूपमा पनि हेरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार खेलाडीलाई जोनसन एण्ड जोनसन खोप लगाइएको हो, जुन एक डोज मात्र लगाए पनि पुग्छ। समूह ‘बी’मा रहेको बेल्जियमले डेनमार्क, फिनल्यान्ड र रुसविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्