प्रहरीको सक्रियतामा ९४ वटा अक्सिजन सिलिन्डर सङ्कलन काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ९४ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। सङ्कलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका २६ वटा गरी जम्मा १२० वटा सिलिन्डरमध्ये बुधबार ७४ वटा सिलिन्डर कोभिड-१९ अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। साथै ४६ वटा अक्सिजन सिलिन्डरहरू स्टक रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्