बाँकेमा थप १२ सङ्क्रमितको मृत्यु नेपालगंज। बाँकेका अस्पतालमा भर्ना भएका थप १२ सङ्क्रमितको गए राति उपचारका क्रममा मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए। मृत्यु हुने १२ जनामध्ये सात बाँकेका रहेका छन् भने बाँकी अन्य जिल्लाका रहेका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्