कोरोनाको खोपको दोस्रो डोज लगाएको एक वर्षपछि लिनुपर्छ ‘बुस्टर डोज’? एजेन्सी। भविष्यमा कोरोना संक्रमणबाट जोगिन दुई डोज खोप लगाइसकेकाहरुले एक वर्षपछि ‘बुस्टर डोज’ लिनुपर्नेछ। विश्वको शीर्ष महामारी वैज्ञानिकमध्ये एक एन्थनी फाउची र फाइजर भ्याक्सीन कम्पनीका सीइओ अल्पर्ट बाउर्लाले यस्तो बताएका छन्। उनीहरुले कोरोनाका दोस्रो डोज लगाएको ८ देखि १२ महिनाको बीचमा एक बुस्टर डोजको रुपमा तेस्रो खोप लिनुपर्ने सुझाएका हुन्। यस्तो गरेमा मात्र कोरोनाबाट बच्न सकिने उनीहरुको धारणा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्