कुकुरले मानिसमा कोरोनाभाइरस पत्ता लगाउन सक्छ : अध्ययन द गार्जियन। मानिसमा कोरोनाभाइरस पत्ता लगाउन ल्याटरलफ्लो परीक्षण (एलएफटी)भन्दा कुकुरले पत्ता लगाउन सक्ने देखिएको छ। पेरिसको नेकर-कोचिन अस्पतालले मार्च-अप्रिलमा गरेको अध्ययनमा कुकुरले ९७ प्रतिशत सटिकताका साथ कोरोना सङ्क्रमित र ९१ प्रतिशत सटिकताका साथ नेगेटिभ नमुना पहिचान गरेको थियो। सटिकताका साथ पहिचान गरिएका सङ्क्रमितमध्ये ७२ प्रतिशतमा लक्षण देखिएको थियो भने ५८ प्रतिशतमा लक्षण देखिएको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्