भारतमा गत २४ घण्टामा कोरोनाले लियो ४ हजारभन्दा धेरैको ज्यान
एजेन्सी। भारतमा गत २४ घण्टामा कोरोनाको कारण ४ हजार २०९ जनाले ज्यान गुमाएका छन्। कोरोनाको नयाँ भेरियन्टका कारण भारतमा २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भएसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। कही समय यता भारतमा कोरोना संक्रमितको संख्या कम भएपनि मृत्यु हुनेको संख्यामा कमी नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्