आज काठमाडौं उपत्यकामा २,४४७ जनामा सङ्क्रमण
काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २,४४७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यो हिजोको सङ्क्रमित सङ्ख्या ३,२३२ भन्दा कम हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा सर्वाधिक थप १,७५२ जनामा, भक्तपुरमा थप २९५ जनामा र ललितपुरमा थप ४०० जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको २८.४३ प्रतिशत हो।
प्रतिक्रिया दिनुहोस्