सेती अस्पतालमा गत २४ घण्टाभित्र दुईजनाको मृत्यु
काठमाडौं। कोरोना सङ्क्रमणको कारण सेती अस्पतालमा पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताएका छन्। सुक्लाफाँटा-११ की ५२ वर्षीया महिला र कृष्णपुर गाउँपालिका-४ का ५५ वर्षीय पुरुष गरी दुईजनाको मृत्यु भएको हो। यसै गरी आजको दिन सेती अस्पतालमा १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जनकारी गराए।
प्रतिक्रिया दिनुहोस्