कोरोना रोकथाम गर्न एकै दिन ८० लाखभन्दा बढी मेडिकल उपकरण नेपाल भित्रिए काठमाडौं। अर्थ मन्त्रालयले कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि पछिल्लो चौबीस घण्टामा ८० लाख १९ हजार ९५७ थान विभिन्न मेडिकल उपकरणहरू नेपाल भित्रिएको जनाएको छ। उपकरणबाहेक यस अवधिमा ११ हजार ५३५ एमटिक्यूसहित ३९ हजार ६४१ केजी स्यानिटाइजर, २ हजार ४५ केजी कोरोना टेस्ट किट र १३ हजार १ सय बक्स रेम्डिसिभर नेपाल भित्रिएको अर्थ मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्