अध्ययन भन्छ, ‘भारतमा ५० प्रतिशतले अझै मास्क लगाउँदैनन्’ नयाँदिल्ली। भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको हो। मास्क लगाउनेमध्ये झण्डै ६४ प्रतिशतले पर्याप्तरूपमा नाक नछोप्ने गरेको समेत पाइएको छ। देशका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाखबीचमा सक्रिय सङ्क्रमितहरु छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्