बाजुरामा एक साताका लागि निषेधाज्ञा थप मार्तडी। नयाँ भेरियन्टको कोरोनाको सङ्क्रमणबाट जिल्लामा बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले एक साता निषेधाज्ञा थप गरेको छ। बैठकले जेठ १४ गते मध्यराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताएका छन्। जिल्लामा भारतलगायतका देशबाट आउने क्रम नरोकिएकाले सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिएको बताइएको छ। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्