संखुवासभामा पहिलोपटक दुई संक्रमितको मृत्यु संखुवासभा। संखुवासभामा पहिलोपटक कोरोना भाइरसबाट शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय र ६२ वर्षीय पुरुष रहेकोे जिल्ला अस्पताल संखुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिइन्। संखुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्