भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित होम आइसोलेसनमा
भक्तपुर। भक्तपुरमा कोरोना संक्रमणदर र मृत्युदर बढ्दै गएको छ। संक्रमितमध्ये ९५ प्रतिशत होमआइसोलेशनमा छन्। भक्तपुरमा संक्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको थियो। भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। नयाँ भेरियन्टसहितको संक्रमण फैलिएसँगै मृत्यु हुनेको संख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले बताए।
प्रतिक्रिया दिनुहोस्