कोरोनासँग जुधिरहेका देशहरुलाई आठ करोड डोज भ्याक्सिन दिँदै अमेरिका
एजेन्सी। कोरोनासँग जुधिरहेका देशहरुलाई अमेरिकाले छिट्टै आठ करोड डोज भ्याक्सिन दिने भएको छ। अमेरिकी विदेश विभागकी उपप्रवक्ता जलिना पोर्टरले भनिन्, ‘हामी भ्याक्सिन अनुदान दिने काम जारी राख्ने छौं। आगामी साता भ्याक्सिनका बारेमा महत्वपूर्ण जानकारी दिनेछौं।’ अमेरिकाले फाइजर–बायोएनटेक र जोनसन एन्ड जोनसनको दुई करोड र एस्ट्राजेनेकाको ६ करोड डोज भ्याक्सिन कोरोनाबाट अति प्रभावित देशलाई सहयोग गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्