संघको कोभिड संकट व्यवस्थापन कोषमा नौ लाख तनहुँ। तनहुँ उद्योग वाणिज्य संघको सक्रियतामा स्थापना गरिएको कोभिड संकट व्यवस्थापन महाअभियान कोषमा रु.आठ लाख ९८ हजार ७२७ संकलन भएको छ। कोरोनाको दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि संघले स्वास्थ्यसामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको हो। यसअघि आठ लाख ४२ हजार ७३७ रुपैंयाँ संकलन भएकोमा शुक्रबार मात्रै ५५ हजार नौसय ९० रुपैंयाँ थपिएको संघले जनाएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्