चीनले कोरोनाबारे गलत समाचार दिएको ताइवानको आरोप एजेन्सी। ताइवानी एक अधिकारीले त्यहाँ कोरोनाको महामारी फैलिएको भन्ने चीनले गलत समाचार प्रवाह गरेको आरोप लगाएको छ। यससँगै चीनले ‘सूचना युद्ध’ सुरु गरी ताइवान सरकारप्रतिको जनविश्वासलाई खल्बलाएको आरोप ताइवानको छ। ताइवानमाथि आफ्नो स्वामित्व दाबी गर्दै आएको चिनियाँ पक्षले ताइवानी राष्ट्रपति साइ इङ्ग-वेन कोरोना सङ्क्रमित भएको तर सो समाचार लुकाइएको बताएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्