आज काठमाडौं उपत्यकामा २,३१८ जनामा सङ्क्रमण
काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २,३१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यो हिजो (२,४४७) र अस्ति (३,२३२)को सङ्क्रमित सङ्ख्याभन्दा कम हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा सर्वाधिक थप १,८११ जनामा, भक्तपुरमा थप १७९ जनामा र ललितपुरमा थप ३२८ जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ३९.४२ प्रतिशत हो।
प्रतिक्रिया दिनुहोस्