नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा बहस लन्डन। बेलायतको हाउस अफ लर्ड (उपल्लो सदन)मा नेपालमा बढ्दो कोभिड-१९ सङ्क्रमणविरुद्धको लडाइँमा सहयोगबारे छलफल भएको छ। निकै छोटो समय चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र अब बेलायतले नेपाललाई सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो। केहि दिनअगाडि मात्र बेलायती नायिका जुवाना लुम्लेलगायतले नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्दै सरकारलाई पत्र लेखेका थिए। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्