भारतमा एकै दिन २० लाख ६६ हजार कोरोनाको नमूना परीक्षण
एजेन्सी। कोरोनाबाट सर्वाधिक प्रभावित भारतमा शनिबार एकै दिन २० लाख ६६ हजारजनाको कोरोना परीक्षण गरिएको छ। भारतमा एकै दिन गरिएको यो सर्वाधिक परीक्षण हो। त्यहाँ अहिलेसम्म १९ करोड ३३ लाखभन्दा बढीलाई भ्याक्सिन दिइसकिएको छ। करिब एक करोड स्वास्थ्यकर्मीलाई कोरोनाको पहिलो डोज लगाइएको छ। अग्रमोर्चामा खटिने करिब डेढ करोड व्यक्तिलाई भ्याक्सिन लगाइसकिएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ।
प्रतिक्रिया दिनुहोस्