निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७५ पुग्यो काठमाडौं। कोरोना भाइरसको संक्रमण बढेपछि देशका ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी गरेकामध्ये ७१ जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएका जिल्लामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालनको अनुमति दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्