महोत्तरीमा कोरोनाबाट पाँचजनाको मृत्यु काठमाडौं। महोत्तरीमा कोरोना भाइरसको संक्रमणबाट गएराति एक महिलासहित पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको जनाइएको छ। कोरोना संक्रमण बढेपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्