लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
काठमाडौं।लमजुङ जिल्ला अस्पतालमा ५५ लाख रुपैयाँमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ।बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा गएराति जडान गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए। अबको दुई दिनभित्र दैनिक १५ सिलिण्डर अक्सिजन उत्पादन गरी वितरण गर्ने योजना रहेको उनले बताए।प्लान्ट स्थापना गरेपछि अब जिल्लामा कोरोना भाइरस संक्रमितको उपचार गर्न सहज हुने विश्वास गरिएको छ।अस्पतालमा अहिले १७ कोरोना सङ्क्रमित उपचारत छन्।
प्रतिक्रिया दिनुहोस्