सङ्क्रमणको दर ५.७ प्रतिशतले घट्यो काठमाडौं। नेपालका कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेको जानकारी दिइएको हो। इपिडिमियोलोजिष्ट तथा काठमाडौं विश्वविद्यालयका उपप्रध्यापक डा.अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५.७ प्रतिशतले सङ्क्रमण दर घटेको दावी गरिन्। उनकाअनुसार वागमती,गण्डकी र लुम्बनी प्रदेशमा सङ्क्रमण दर घटेको छ भने अन्य प्रदेशमा बढेको छ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्