सुत्केरीले कोरोनाविरुद्धको भ्याक्सिन लगाउन हुन्छः विशेषज्ञ
एजेन्सी। स्वास्थ्य विशेषज्ञहरुले सुत्केरीले कुनै पनि समयमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन हुने बताएका छन्। गर्भवती महिलालाई कोरोनाबाट जोगाउन चौतर्फी आवाज उठेपछि विशेषज्ञहरुले यसबारे अध्ययन गरेर यस्तो तथ्य सार्वजनिक गरेका हुन्। भारतमा स्तनपान गराउने महिलालाई भ्याक्सिन लगाउन हालै स्वीकृति दिइएको थियो। भारतीय चिकित्सा विशेषज्ञहरुले सुत्केरीले भ्याक्सिन लगाउँदा नकारात्मक असर नगर्ने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्