भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो
एजेन्सी। कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। पछिल्लो २४ घन्टामा ४ हजार ४५५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७५१ पुगेको छ। भारतमा पहिलो मृत्यु १० मार्च, २०२० मा कर्नाटकको कलबुर्गीमा भएको थियो । भारतमा पछिल्लो २२ दिनमा मात्रै ८५ हजार भन्दा बढीको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्